सृजनाको चौतारी

अन्तरी दिदीका कुरा

तिमीले चिथाेरेकाे स्तनमा
आजभोलि दाग बसेकाे छ
तिम्रा दुधे दाँतले टाेकेकाे
टुप्पाेकाे घाउपनि खाटाे बसेछ
तिमी उफ्रेकाे छाती सन्चै छ
तर
तिमी अटाइ नअटाई
खुम्चिएर बसेकाे, लातले हान्दै
बुर्कुसी मार्दै तिमी उफ्री उफ्री खेलेर
बसेकाे घरका जुईनाहरू
मक्किसकेका छन्
थाहाछैन कहिले डाक्टरले
जाँचेर भत्काइदिने हाे
खै के भनाै र?
म बसेकाे छाप्राेपनि पानी चुहिने भएर
भित्ताहरू सबै रसाएकाछन्
भान्सामा पनि वर्षादले
बाढी ल्याउने गर्छ
म भने रसाएकाे भित्ताे नियालेर
माघकाे कठ्याङ्ग्राे चिसाेमा
झिगटी बालेर तिनै भित्ताे रसाएर
भिजेका करङ्गे र सिरकभित्र पसेर
तिम्राे बाटाे हेरिरहेकी छु।
कहिलेकाहीँ माेवाएलकाे घण्टी बज्दा
कुदेर आउछु र उठाउँछु
एउटा साहुले क्लाेजिङ छ है भन्छ
म भने तिम्रा बा र मेराे
परिश्रम र मेहनतलेमात्रै
आर्जेकाे सानाे छाप्राे, हालेकाे घरबारी
जाेगाउन सक्दिन कि? भनेर आत्तिन्छु
अनि तिमी बसेकाे घरभित्र
हलचल हुनु थाल्छ
तिमी बसेकाे घर र म बस्ने छाप्राेकाे
आयु सकिदैछ
काेठा भित्रभित्रै धमिराले खाएर
गर्ल्यामै ढल्न केही निमेसमात्र बाँकी छ
शाधुवाद छ तिमीलाई
तिमी आफू बस्ने
महल बनाउने तरखरमा लागेकाे कुरा सुने
तिमीले पठाएकाे सानाे थैली
काेसेली स्वरूप प्राप्त पनि गरे
खुसीले बुरूक्क उफ्रे अनि
त्याे थैली खाेलेर
केही माेहाेर चलाएकीमात्र थिएँ
थाहा थिएन मलाई
चलाउनु भन्दा पहिले
अनुमति लिनुपर्छ भन्ने
आदेस माग्नुपर्छ भन्ने
त्याे त बहुमुल्य नासाे पाे रहेछ
थाेरै झस्किए
रातभरि निन्द्रा परेन
परेली रूझीरहयाे छट्पटी बढ्न थाल्याे
निसासिएझै भएँ
आखिर जीवन जीउन त
कर्तव्य गर्नुमात्र न रहेछ
मेराे भन्ने त, आफ्ना लागि
आफैले छाएकाे छाप्राेभित्र
चिसाे चुलाेमा पकाएकाे
एकगाँस अन्नमात्र पनि हुँदाेरहेन छ
जीवन त अरूकैलागि समर्पित
क्षितिजमात्र रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button