सृजनाको चौतारी

सहिद पत्नी

गीत


– माइला लामा

बमको कालो धुवाँसँगै उडिगयौ प्यारा
संसार सुन्दर बनाउने छोडी काम अधुरा ।
विदेशबाट फर्किएका भाइ पर्खिरा’थे
अरबबाट बहिनी पनि आउँछु भनिरा’थे
दाजुसँगै त्यही महान् बाटो हिड्छाैँ भन्थे
जनतालाई रुवाउने शासन फाल्छौँ भन्थे ।
बमको कालो धुवाँसँगै उडिगयौ प्यारा…
गाउँ–सहरका बूढापाका तिमीलाई सोध्छन्
देशको माया गर्ने आजकल तिमीलाई नै खोज्छन्
मुटु हाम्रो चुँडिलग्यो भन्छन् मजदुर–किसान
डाक्टर साहेब पनि तिम्रै बाटो हिँड्ने भन्छन्
बमको कालो धुवाँसँगै उडिगयौ प्यारा…
सपनामा घरिघरि आउँछौ तिमी रातमा
ब्युँझिएर खोजी हेर्दा छोरी हुन्छे साथमा
क्रान्ति हाँक्ने वीराङ्गना बनाउँछु म यिनलाई
पर्खी बस्छु तिम्रो सपना साकार पार्ने दिनलाई
बमको कालो धुवाँसँगै उडिगयौ प्यारा… ।
असोज २७, नख्खु कारागार ।

 

२०७६, ७ मंसिर शनिबार ११:४७ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button