
कविता
प्रतिदिन म लेखिरहेछु
अभावहरुको म खोजमा हुँ ।
सबैलाई ख़ुशी राख्ने पर्यत्न छ मेरो ।
हावासंग छ बैर मेरो ।
रहन्छु म भुई मान्छे हुँ ।
सादा सरल छ जीवन मेरो ।
सबै भन्छन म धरतीमा बोझ हुँ ।
यति सेवा सुश्रुषाको बदलामा ।
गाली गलौज पाउछु प्रतिदिन म ।
हो कोही अरु होइन मजदूर हुँ म ।
अबस्थाले आफू लाचार हुँ म ।
भविष्यको गर्दिन म
धेरै चिन्ता फिक्री ।
श्रममा आफ्नो छ प्रेम
म धेरै स्वाभिमानी हुँ ।
सबैको यहाँ आ -आफ्नो भन्नमा ब्यस्त छन ।
भैंसी उसको हो
जसको हातमा लौरो छ ।
बिबस बेसहारा एक्लो छ
बिचारा मजदूर।
राजा प्रजा सबै डंडा लिएर
उसको पछि – पछि दौडिरहेछ ।
सबैभन्दा सन्तोषी जीव हो मजदूर।
न कुनै अभिलाषा
न कुनै स्वाभिमान ।
गरीबी कर्मको फल भनेर।
धर्म समाज रहन्छ
जिम्मेवारीबाट दूर।
यति नै बस मेरो व्यथा छ हुजूर।
घृणा हिंसाबाट म सदा रहने छु दूर।
भोकै रहनु परेको छ मलाई ।
जब समाजमा फैलिने छ
घृणाको होहल्ला

