
विश्वका इसाईहरुले उत्सवका रुपमा मनाउने क्रिसमस आउनु अघि क्यारोल खेल्ने गर्छन् । इसाईहरुको धर्मशास्त्र बाइबलका अनुसार येशू खीष्ट धर्तीमा आउनु भएको दिनका रुपमा इसाईहरुले खीष्ट उत्सवका रुपमा क्रिसमस मनाउने गरेको पाईन्छ । विशेष गरेर क्यारोलमा खीष्टको महिमा गान र खीष्टीय भजन गाउने गरिन्छ ।



