खबरभिडियो चौतारीहेड लाइन

सुनकोशी–मरिण ठेक्का विवाद चर्कियो : प्रधानमन्त्रीको टिममाथि छानबिन गर्न भीष्मराज आङदेम्बेको माग!

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भएपछि राजनीतिक र प्रशासनिक विवाद चर्किएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री कार्यालयमाथि गम्भीर प्रश्न उठाउँदै ठेक्का रद्द प्रकरणमा संलग्न प्रधानमन्त्रीको टिममाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।

आर्थिक प्रस्ताव खोल्ने अन्तिम तयारी भइरहेका बेला ठेक्का प्रक्रिया किन रद्द गरियो? कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा दबाब दिइएको भन्ने आरोपमा कति सत्यता छ? सरकारले भने सार्वजनिक खरिद नियमावलीको सोह्रौँ संशोधनअनुसार प्रक्रिया अघि बढाउन ठेक्का रद्द गरिएको दाबी गरेको छ।

यसैबीच, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

मधेसका पाँच जिल्लाका करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यो आयोजना किन पटक–पटक विवादमा पर्दैछ? ठेक्का रद्द प्रकरणले आयोजनाको लागत, निर्माण अवधि र किसानको भविष्यमा कस्तो असर पार्न सक्छ?

यस विषयमा भीष्मराज आङदेम्बेको आरोप, सरकारको जवाफ, लेखा समितिको चासो र आयोजनाको भविष्यबारे तथ्यसहितको विश्लेषण।

समाचार पूरा हेर्नुहोस् र आफ्नो धारणा कमेन्टमा राख्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button