खबर

काँग्रेस नेतृ प्रियंका गान्धीमाथि प्रहरी जाइलागे

भारतमा नागरिकता ऐन संशोधनको विरोधमा प्रदर्शनहरु भइरहेका छन्। करिब २ हप्ता यता भारत अशान्त छ। नागरिकता ऐन संशोधनको विरोधमा भारतमा हालसम्म कम्तिमा २७ जनाको मृत्यु भइसकेको छ। प्रहरी प्रदर्शनकारीमाथि निर्ममरुपमा प्रस्तुत भइरहेको छ।

यो विरोध प्रदर्शन नागरिक स्तरबाट भइरहेको छ भने प्रमुख विपक्षी दल काँग्रेस आईले प्रदर्शनको समर्थन गरेको छ, ऐन संशोधनको विरोध गरेको छ।

साथै उत्तर प्रदेश सरकारको निर्देशनमा प्रदर्शनमा सहभागीहरुलाई कडा सजाय दिइएको छ। उनीहरुलाई हिरासतमा लिइएको छ भने प्रदर्शनका क्रममा भएको क्षतिको भर्पाइ पनि उनीहरुबाटै गराउने मुख्यमन्त्री आदित्य नाथ योगीले बताएका छन्।

यहीबीचमा शनिबार काँग्रेस नेतृ प्रियंका गान्धी बाड्रा उत्तरप्रदेशको राजधानी लखनऊ पुगिन्। उनी त्यहाँ सामाजिक सञ्जाल फेसबुकमा सो ऐन संशोधनको विरोधमा स्टाटस लेखेपछि पक्राउ परेका पूर्व आईपीएस अधिकारीको परिवारलाई भेट्न चाहन्थिन्। तर, प्रहरीले भने लखनऊमा प्रियंकामाथि दूव्र्यवहार गरेको छ।

प्रहरीले प्रियंकाको गाडी जवरजस्ती रोकेको र उनलाई धक्कामुक्का गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यस घटनाप्रति कडा पिटप्पणी गर्दै काँग्रेस आईले उत्तरप्रदेशको योगी सरकारलाई बर्खास्त गर्नुपर्ने माग गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button