कृषि र किसान

उखु किसानको आन्दोलनप्रति काग्रेसको समर्थन

न्युज अफ नेपाल, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरिब किसान र श्रमिक मर्कामा परेको भन्दै यस विषयमा सरकार गम्भिर हुन आग्रह गरेको छ ।
नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले किसानले आफ्नो उखु विक्री गरे वापत रकम भुक्तानी नपाएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाउदै समयमै रकम भुक्तानी नपाउनुले किसान माथि अन्याय भएको बताउनु भएको छ ।
‘उखु विक्री वापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगी बीच सहमति भएता पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद पक्ष हो’ काग्रेस संसदीय दलको तर्फबाट खाणले भन्नुभएको छ– अहिले उखु किसानले आफ्नो उत्पादन विक्रीको भुक्तानीका लागि काठमाडौं सम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको छ ।
उखु किसानले आन्दोलनमा उठाइएका मागप्रति नेपाली कांग्रेस संसदीय दलको पूर्ण समर्थन रहेको भन्दै उहाले लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि उक्त विषयमा सरकार उदासिन हुनु, लज्जास्पद विषय भएको पनि जनाउनु भएको छ ।
आन्दोलनमा रहेका उखु किसानका मागहरुलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रकृया अगाडि माग गर्दै कांग्रेस संसदीय दलले यस विषय प्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुन आग्रह पनि गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button