स्वास्थ्य

जाडो मौसम स्वास्थ्यका लागि कति फइदाजनक?

मौसम र स्वास्थ्यबीच एकअपासमा गहिरो सम्बन्ध हुन्छ। जाडो मौसमले धेरैजसोलाई फाइदा पुर्‍याइरहेको हुन्छ भने निश्चित रोग तथा समस्या भएका व्यक्तिहरुलाई बेफाइदा।

शारीरिक कसरत गर्ने र खेलकुदमा रुचि राख्ने व्यक्तिहरुलाई जाडोमा विभिन्न खालका फाइदा छन्। जाडोमा शरीरले आफ्नो तापक्रम सन्तुलनमा राख्न क्यालोरी बर्न गरिराख्नुपर्ने हुन्छ। कसरत गर्नाले क्यालोरी बर्न गर्न मद्दत गर्छ। जाडोमा कसरत गर्ने मानिसको मुटु, फोक्सोको काम गर्ने क्षमता बढ्छ।

चिसोमा खेलकुदमा सक्रिय रहने, शारीरिक कसरत गर्ने मानिसको शरीरमा स्टामिना (सहनशक्ति) बढी हुने हुँदा लामो समयसम्म दौडन सक्छन्। त्यसैले खेलाडीको निमित्त जाडो मौसम फाइदाजनक हुन्छ। जाडोमा दिमाग बढ्ने हुँदा अध्ययन गर्नेहरुलाई पनि उपयुक्त मान्न सकिन्छ।

जाडो मौसममा वृद्धवृद्धा, बालबालिका, छातीका बिरामीले भने विशेष ध्यान दिनुपर्छ। यस्तो अवस्थाका मानिसलाई छिटो चिसोले समात्ने गर्छ। त्यसैले व्यक्तिहरुले शरीरलाई न्यानो पारेर राख्नु पर्छ।

जाडो मौसमका फाइदा
– जाडो मौसममा खानामा रुचि बढ्नुका साथै निद्रा बढ्ने गर्छ।
– शारीरिक कसरत गर्ने मानिसको क्यालोरी बर्न हुनुका साथै शारीरिक क्षमताको पनि विकास हुन्छ।
– जाडोमा कसरत गर्ने मानिसको मुटु र फोक्सोको काम गर्ने क्षमता बढी हुन्छ।
– चिसो मौसममा विभिन्न कसरत गर्ने, खेल खेल्ने मानिसहरु लामो समयसम्म दौडन सक्छन्। किनभने यस्ता मनिसको शरीरमा लामो समयसम्म स्टामिना रहिरहन्छ।
– जाडो मौसमा धुलो, धुवाँबाट हुने एलर्जीबाट बच्न सकिन्छ।
– बाहिरी वातावरणमा हिँडडुल गर्ने मानिसलाई एन्जाइटी, डिप्रेसन कम हुने गर्छ।
– जाडोमा शारीरिक कसरत गर्ने मानिसको रक्तसञ्चारमा मद्दत पुग्छ।
– जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमताको पनि विकास हुन्छ।
– अन्य बेलामा भन्दा जाडोमा दिमाग सक्रिया हुने गर्छ। पढ्ने र दिमाग लगाएर गर्नुपर्ने काममा जाडो मौसमा सफल भइन्छ।
– शारीरिक कसरत गर्नाले क्यालोरी बर्न हुनुका साथै सेतो बोसो ब्राउन बोसोमा परिणत हुने गर्छ।
– टिस्युमा हुने इन्फ्लामेसन (सुजन) पनि कम हुने हुन्छ।
– सरुवा रोगको जोखिम पनि कम हुन्छ।
– शल्यक्रिया गरेका बिरामीमा संक्रमण फैलने जोखिम कम हुन्छ।
– जोडो मौसमा अन्य समयमा भन्दा स्वास्थ्य समस्या कम हुने हँुदा अस्पतालमा बिरामीको भीड पनि कम हुन्छ।

(डा पौडेल छाती रोग विशेषज्ञ हुन्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button