सृजनाको चौतारी

मिचि मिचि हात धुनुहोस

कविता


जी एन शर्मा

सरकार भन्छ
बेला बेलामा मिचि मिचि हात धुनुहोस
घर भित्रै बस्नु होस
लकडाउनको पालना गर्नु होस
किनकी ,कोरोनाको उपचार छैन ,रोकथाम भने अबस्य छ
नानीहरु भन्छन् , भोको पेटले हात मिच्नै सकिदैन, सरकार !
हामी त दिए खाने , पाए लाउने हौँ
तिम्रो तिन पत्रे सरकारलाई नानीहरु भन्छन्
साबन बिना पानीले भएनी हात त मिचि मिचि धुन्छौ
आश्रमबाट निस्कदैनौँ भेट्नु पो कसलाई छ र हामीले ?
सबै घर भित्र छन् हामी पनि हाम्रो घरमै छौँ
तर , मिचि मिचि हात धुनलाई अलेली बल त चाहियो होलानी सरकार
हामीलाई कोरोना भन्दा नि भोकसँग त्रास भएको छ
भेटे खाने समूहका हामी
मनकारीको मन पग्लीदा लाउन पाउने हामी
नानीहरु भन्छन् सरकार हामीलाई कोरोनाको डर भन्दा अकाल मर्ने त्रास छ
नानीहरु भन्छन् — साबन, स्यानिटाईजर र माक्स होइन , मुखका लागि अन्न देऊ
नानीहरु भन्छन् , सरकार यो बेला तिम्रो तिन पत्रे सरकारको एउटा सरकार देखाईदऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button