सृजनाको चौतारी

बनायो उस्ले आफुलाइ सद्दाम बनायो

लिला अनमोल

गजल

बनायो उस्ले आफुलाइ सद्दाम बनायो
म यस देशको नागरिक हु भन्न बदनाम बनायो

सङ्क्रमण छ जताततै मर्ने मरिरहेकैछ
उस्ले भ्रस्टाचार गरेरै आफ्नो पहिचान बनायो

अरे आफ्नाहरु पराइ भएका छन एक्लै बस्नुपर्नेछ
लुकायो राहत भर्यो ढिकुटी उस्ले जिन्दगी आराम बनायो

हुन त दुई केजि चामल र एक केजि नुन बाडेको न हो
उस्ले राहत बाडेको प्रोफाइल पिक्चर खुलेआम बनायो

मान्छे कत्ती अबिबेकी रहेछ बुझ्दैछु भर्खर
मृत्युमै भ्रष्टाचार गरेर सबलाइ हराम बनायो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button