सृजनाको चौतारी

जुट्नेहरूको शानै बेग्लै।

लक्ष्मी निरौला

भेलबढीमा माछा मार्न जुट्नेहरूको शानै बेग्लै।
महामारीको बहानामा लुट्नेहरुको शानै बेग्लै।

राहत कोषकमा थुप्रिएको सहयोग बण्डा गर्न,
भष्टाचारको ताना बाना खुट्नेहरुको शानै बेग्लै।

लोभनदिमा दम्भको डुङ्गा खियाउँदा अल्झिएमा,
पावरको रवाफ् देखाइ छुट्नेहरुको शानै बेग्लै।

आफन्त र आफ्नो दुनो सोझ्याउने दर्वियान सङ्गै,
वैदेशिक ऋणको तापमा भुट्नेहरुको शानै बेग्लै।

भ्रष्टाचारी दुराचारी बलत्कारी छँदै छैनन् भनी,
गान्धारी झैँ भई गफ चुट्नेहरुको शानै बेग्लै।

बिर्तामोड,झापा,फेसबुक बाट ।
२०७६/१२/२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button