कविता

जी एन शर्मा
लाग्छ जगतनै तिाम्रो आतंक र भयको छायाँमा छ
तिम्रो कठोर यात्राको अवधिमा शहर मुर्दा घाट बनेको छ
भाग्ने ठाउँ छैन केवल हामी लुकेका छौँ ,मात्र तिमीलाई झुक्याउन
संसारकै तिमी कठोर हिरो बनेकाछौ हामी निरिह छौँ
सत्य यो पनि हो , हामी तिम्रो सामु तर्रसेका पनि छौँ तर हारेका छैनौँ
तिमी मृत्यु बनेर यात्रारत रहेको यो कठिन समयमा
तिमी अहिले कोरोना भाइरस भन्दा पनि सेल्फी बनेर आएको जस्तो छ
तिमी भाइरस भन्दा पनि सेल्फीको अवतारमा प्रकट हुदैछौ
मान्छेले मान्छेलाई दान गरिरहँदा बीचमा तिमी सेल्फी बन्दैछौ
लाग्छ तिमी महा भय भन्दा अहिले संसारकै मोडल बनेकाछौ
तिम्रो र मान्छेको नाममा सहयोग नामको चरो सेल्फी बनेको छ
दान, दया , करुणामा तिम्रो नाम जोडिन्छ अनि बन्छौ तिमी सेल्फी
क्या बात ! कोरोना तिमी प्राण लिने भाइरससँगै पोष्टका लागि हिरो बनेकाछौ
तिम्रो कठोर र निर्ममताको परिवेशमा तिमीले सुन्दर जिवनको नष्ट गरेकाछौ
तर, तिम्रा नाम दया र दानका लागि जुटेका अनुहार उदारता सेल्फी बनेकाछन्
अब त यस्तो लाग्न थाल्यो कि तिमी कोरोना भाइरस हो कि, तिमी सेल्फी भाइरस हौ


