विचार

उहाँ त जोगीनै बन्नुभएछ तर, म चाहिँ गृहस्थी एक अंकीचन साधक मात्रै बने

कमलप्रसाद मिश्र

तस्विरमा पुर्व माओवादी नेतृ हिसिला यमी संगै रहनुहुने माओवादी जनयुद्ध कालका प्लाटुन कमान्डर कमरेड बैष्णव पथका जोगी नै वनेर अध्यारो संसारवाट अभिनासी आनन्दको प्रकाश रुपी उज्यालो मार्गमा लाग्नु भ एको देखिन्छ। संसार को भौतिक शुख, परिवार सबै छोडेर प्रतिक्रिया वादी तत्कालीन राज्यसत्ता बिरुध्द बन्दुक समाउदै नयाँ जनवादी सत्ता स्थापनाको लडाईमा जनमुक्ति सेनाको प्लाटुन कमान्डर वन्नुहुने उहाँ ज्यानलाई बाजी मारेर लडिरहँदा म भने पुर्व झापामा कलमको माध्यमबाट पत्रकारिता गर्दै जनयुद्ध लाई समर्थन गरिरहेको मात्र थिए। जव मुलुकमा संकटकाल लाग्यो ज्यान जोगाउन भारततिर भाग्दा दुर्घटना जेल र यातना अनि अंगभंग अवस्था ब्यहोरेको मैले दोस्रो संकट कालमा जोगिन जब काठमाडौं आए र आस्था विचारलाई मौन राखेर २०६१र६२तिर जगदगुरुत्तम श्री कृपालु जी महाराज को दर्शन पश्चात थोरै भ एपनि आध्यात्मिक आनन्दको मार्गमा लाग्ने प्रयत्न गर्दै गृहस्थमा रहेर आफुलाई एउटा घोर कलिमलग्रस्त मायिक पापी अंकीचन संझदै भगवन नाम को पछि लाग्ने कोशिस मात्र गरिरहेको छु।

यो केवल मेरो आत्म कल्याण को लागि नै हो। तर शान्ति प्रक्रिया थालनी पश्चात सिन्धुलीको भिमान स्मृति ब्रिगेड को क्यान्टोन्मेन्ट मा रहेका उहाँ वावाजी ले सेना समायोजनको बेला पाँचलाख लिई पैसा आमा वा लाई सुम्पिएर स्व ऐच्छिक अवकासपछि लाग्नु भ एछ सत्य र शान्ति अनि साचो आत्म कल्याणकारी आध्यात्मिक क्षेत्रमा र अतितलाई पश्चातताप नगरी पुग्नु भ एछ बैष्णव पथमा। यो उहाँको सकारात्मक सोच ले मलाई लाग्छ आत्म कल्याण का लागि मार्ग प्रशस्त गरिरहेको छ। यो दुर्लभ मनुस्य देह छोडेपछि महाभारत संग्रामका नायक अर्जुन कुनै पापको भारी नवोकी मन भगवान को शरणमा भ एकाले९ हेर्नुहोस गीता१८)६६०को भावार्थ अनुसार भगवान श्री कृष्ण को नित्यधाम गोलोक पुगेझै उहाँ कमरेड पनि बैष्णव रहनु भ एकाले दास्यभावको दिब्यधाम बैकुण्ठ अवस्य पुग्नुहुनेछ।

तर म चाहिँ हिजो संसारमा पनि घरै छोडेर माओवादी मा लागिन अलिकति समर्थन गरेको संसारी शरिर अंगभंग र सम्पती समाप्ति अनि बिस्थापन ले परमार्थमा जोडिएन सापोनापो भयो। अहिले पनि संसारको ड्यूटि पुरागरेर गृहस्थमै बसेकाले नरलोक छोडेपछि गोलोक त मिल्दैन११ ममा अनन्त जन्मको पापरुपी मयल कायम छ यसलाई सफागर्न अझै धेरै योनीमा रहेर भक्ति गर्नुपर्ने भ एकाले मृत्यु पश्चात पनि कमरेड र मेरो भेट हुदैन नै। यदि मेरा सबै पाप गुरु र भगवान ले योगक्षम विधि द्वारा माफि गरेपनि म प्रेमा भक्तिको स्थानमा भगवानको दास रऊँला वहाँ संग तवमात्र भेट हुनेछ। लौ कमरेड भक्तिमय लालसलाम, शुभकामना एवं राधे राधे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button