स्वास्थ्य

लकडाउनमा आँखा हेरचाह गर्ने ८ उपाय

डा तेज्सु सिंह मल्ल

कोभिड-१९ का कारण जारी गरिएको लकडाउनका बीच अहिले अधिकांश व्यक्ति घरमै बसेर काम गरिरहेका छन्। लकडाउन अगाडिभन्दा अहिले ल्यापटप, कम्प्युटर, ट्याब्लेट वा मोबाइल फोन जस्ता डिजिटल उपकरणको प्रयोग बढेको छ।

लामो समयसम्म अनलाइन क्लास, कन्फरेन्स, खेल इत्यादिमा व्यस्त हुने भएकोले हामीले अरु समयभन्दा आँखा कम झिम्क्याउने तथा पर्याप्त विश्रामको कमी हुनाले आँखा धेरै स्ट्रेन हुने तथा थाक्ने, दुख्ने, पोल्ने , रातो हुने, धमिलो देख्ने, सुक्खा हुने, टाउँको , घाँटी, ढाड दुख्ने हुन्छ।

डिजिटल उपकरण प्रयोग गर्दा राम्रो बानी बसाउन सकिएमा र तलका केही सुझावहरू दैनिक जीवनमा लागू गरेमा आँखामा आउने धेरै समस्याबाट बच्न सकिन्छ।

१) उचित दूरी स्थापना : कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २०-२६ इन्च टाढा राख्ने र आँखाको स्तरभन्दा अलि तल हुनुपर्छ। सूर्यको किरण कम्प्युटर स्क्रिनमा नपर्ने गरी प्रयोग गर्ने।

२) कम्प्युटरमा लेख्दा वा पढ्दा अक्षरको आकार आफूलाई सहज हुनुपर्छ।

३) कम्प्युटरमा प्रोटेक्टिभ स्क्रिन राख्नुपर्छ।

४) कुर्सी प्रयोग गर्दा एडजस्टेबल कुर्सी प्रयोग गर्ने र सिधा बस्ने। सुतेर कम्प्युटर ल्यापटप, ट्याब्लेट चलाउनु हुँदैन।

५) २०-२०-२० नियम: हरेक २० मिनेट, कम्तीमा २० सेकेन्डको लागि कम्तीमा २० फिट टाढाको वस्तु हेर्ने।

६) सम्झेर पटकपटक आँखा झिम्क्याउने।

७) पानी पिउने: सधैं आफ्नो साथमा पानी राख्ने बानी बसाल्नुपर्छ र पर्याप्त मात्रामा पानी पिउनुपर्छ। पानी पिउँदाको समय छोटो भए तापनि त्यसले आँखालाई बिश्राम दिन मद्दत गर्छ। समयसमयमा शौचालय जानुपर्ने हुन्छ, जसले गर्दा अझै आँखाले बिश्राम पाउने मौका पाउँछ।

८) आँखा पहिरन: गुणस्तर चश्मा लगाउनु र कम्प्युटर धेरै प्रयोग गर्नुपर्नेहरुले ब्लु कट लेन्सका चस्मा प्रयोग गर्दा अझै राम्रो हुन्छ।

(डा मल्ल नेत्र विशेषज्ञ हुन्)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button