विचार

आजैको मानव अधिकार दीवस डिसेम्बर १०कै दिन मेरो मानव अधिकारको गंभीर उलङ्घन!

कमल मिश्र
बरिष्ठ राजनीतिज्ञ डा डिल्लीरमण रेग्मीदेखि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला अनि बिपक्षी दलका नेता एवं पुर्व प्रधानमन्त्री मनमोहन अधिकारी ले एउटै मंचबाट उत्कृष्ट मानव अधिकार रक्षक को उपाधी बाट सम्मानित र पुरस्कृत गरेको म स्वयमंको अधिकार भने सयुक्त राष्ट संघले मानव अधिकार को विश्वब्यापी घोषणापत्र जारी गरेको मिती आजकैदिन डिसेम्बर १०मा खोसिएको थियो। म माथि त्यतिबेला बंगाली भारतीय अनी नेपाली प्रहरीले सन २००१को दिसेम्बर १० कै दिन बर्बर दमन गरेको घटनाको याद आज २०बर्षपछि पनि आईरहेको छ। घटना संझदा मेरो मुटु चस्किरहन्छ!ब्यथा ब्युँझिरहन्छ नै।केवल आँसु बगिरहन्छन नै!
प्रसंग त्यतिवेलाको अर्थात बिस२०५८को मंशिर ११गते नेपालमा संकटकाल लागेपछि ज्यान जोगाउन भारत तिर लागेको मलाई आश्रयलिएर बसेको स्थान भारतकै सिक्किममा जासुसहरुले पछ्याउन थालेपछि थप जोगिन दिसेम्बर १०को बिहाँन ३बजे सिक्किम बाट ट्रकमा लिफ्ट मागेर आसामतिर लागेथेँ। तर,सिक्किमको मल्ली बाट गाडीमा हिडने बित्तिकै मेरोपिछागर्दै बंगाल र नेपाल प्रहरीका एकजना प्रतिनिधि पछि, पछि लागेछन। हुस्सु र कुईरोमा हामीले सिलिगुडी र बंगालकै डुवर्स जोडने टिष्टा नदिकोे बागपुल कटियो गाडीरोक्नलाई पछिलागेकाले ईसारा गर्दा नरोकि गाडी अगाडि बडेपछि। गाडिको टायरमा प्रहरी ले गोली चलायो फलत गाडी नियन्त्रण बाहिर हुनगयो। र, जल्पाईगुडीको नगरकटा भन्ने स्थानमा पिपलको रुपमा ट्रक ठोकिदा रुख समेत ढल्न पुग्यो भने म निदाएको भ एरहोला टाउकामा गंभिरचोट लाग्यो चालक र अन्य सामान्य घाईते भ ए। मलाई उपचारकालागि स्थानीय हेल्थपोष्ट पुर्याऊने बित्तिकै बंगाली प्रहरीले नियन्त्रणमा लिएर थप उपचारका लागि भन्दै सिलिगुडी स्थित पारामाउन्ट नर्सिङ होममा ल्याएर टाउकाको अपरेशन गरियो मेरो त्यसपछि होसमात्र गुमेन अप्रेशन पछि एउटा दायाँ आँखा को ज्योति नै गुम्नपुग्यो। बिरामी लाई सान्त्वना दिनुको सटा नेपाली माओवादी आरोप लाउदै घेराउमा परेकोै मेरो जब १७दिन पछि होस खुल्यो म प्रहरीले घेरिएको पारामाउन्ट अस्पतालको आई सि यु मा थिए। ३महिना त्यही घेराउमा राखेरपनि उपचार खर्च नब्यहोरेको प्रहरीले भारतीय अदालतमा आतंकवादी करार गरी जेल चलान गरेको थियो अनी सुरु थयो मेरो पिडादायी जेलयात्रा अवसोच घटना घटेको २० बर्ष हुँदा पनि मेरो पिडां हेरिदिने कोही भ एन कठै,! इतिहास र जेल यातना अनी दमनबारे(क्रमश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button