२५ मंसिर २०७७
चौतारी पोष्ट अनलाइन, ललितपुर ।
आज देशभर थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसंख्या सँगै मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको छ। आज १०६४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।हाल क्वारेन्टाइनमा ५१५ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिले सम्म १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।



