खेलकुद

रोड्रिगो तीन महिना मैदान बाहिर

शनिबार, पुस ११, २०७७

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा मिडफिल्डर रोड्रिगो गोएस तीन महिना मैदान बाहिर रहने पक्का भएको छ । १९ वर्षीय रोड्रिगोले ग्रानडामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए ।

बुधबार राति भएको खेलमा ग्रानडाका डिमिट्रीले रोड्रिगोलाई फल गरेका थिए । ३८औं मिनेटमा चोट बोकेलगत्तै उनको स्थानमा प्रशिक्षक जिनेदिन जिदानले मार्काे एसेन्सियोलाई मैदानमा पठाएको थियो ।

उनले स्ट्रेचरबाट मैदान छोड्दा निकै चिच्याएका थिए । यसको अर्थ उनको चोट गम्भीर रहेको र उनी केही समय मैदान बाहिर रहने स्पष्ट बुझ्न सकिन्थ्यो ।

रोड्रिगोको चोटबारे रियल म्याड्रिडले आधिकारिक धारणा सार्वजनिक गर्दै उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने बताएका छन् । उनको चोटको परिक्षण गर्दा दाया खुट्टाको मांसपेशीको चोटले फेमोरिस ह्यामस्ट्रिङ मांसपेशीमा बढी असर गरेको उल्लेख छ ।

रोड्रिगोले पछिल्लो केही खेलमा पहिलो रोजाईमा अवसर पाइरहेका थिए । रोड्रिगोको यो चोटसँगै जिदानलाई केही समस्या पर्न सक्नेछ । यद्दपि जिदानले रोड्रिगोको अनुपस्थितिमा इडेन हाजार्ड, लुकास भास्क्वेज, मार्काे एसेन्सियो र भिनिसियस जुनियरलाई बढी मात्रामा प्रयोग गर्न सक्ने सम्भावना छ ।

यि खेलाडीले रोड्रिगोले जत्तिकै खेल्न सक्ने कि नसक्ने भन्ने चिन्ता जिदानलाई रहेको छ । ग्रानडाविरुद्ध क्यासमिरोको पहिलो गोलमा रोड्रिगोको स्थानमा मैदान छिरेका एसेन्सियोले नै अवसर सिर्जना गरेका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button