खबर

जेसस र वाल्करलाई कोरोना पुष्टि

शनिबार, पुस ११, २०७७

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस र इंग्लिस डिफेन्डर केएल वाल्करलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जेसस र वाल्करसँगै क्लबका अन्य दुई स्टाफलाई कोरोना पुष्टि भएपनि उनीहरुको नाम सार्वजनिक गरिएको छैन । कोरोना पुष्टि भएसँगै यि दुई खेलाडी कोरोनामुक्त नहुन्जेल टोलीमा उपलब्ध हुनेछैनन् । उनीहरु दुई साता टोली बाहिर रहने अनुमान रहेको छ ।

यसको अर्थ पेप ग्वार्डिओलाको नियमित रुपमा पहिलो रोजाईमा खेल्दै आएका जेसस र वाल्करले प्रिमियर लिगको तीन खेलसँगै इएफएल कपको म्यानचेस्ट युनाइटेडविरुद्ध सेमिफाइनल खेल गुमाउने सम्भावना छ ।

प्रिमियर लिगको आठौं स्थानमा रहेको सिटीले न्युक्यासल युनाइटेड, एभर्टन र चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । इएफएलको सेमिफाइनल ४ जनवरीमा हुनेछ । २३ वर्षीय जेससले ७ खेलमा २ गोल र एक असिस्ट दिएका छन् । यस्तै वाल्करले १२ खेलमा १ गोल र १ असिस्ट दिएका छन्।

सिटीका सर्जियो अगुइरोको अनुपस्थितिमा जेससले टोलीमा लगातार पहिलो रोजाईमा मौका पाइरहेका थिए । चोटका कारण जेसस केही समय मैदान बाहिर पनि रहे ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button