‘समाचार र विचारको
साझा चौतारी’






पुण्य कर्म


कविता
जिवन नाट्यशाला ,बुझेमा उपदेश जति ।
संसार खैचिन्छ बरु,बसेन पलभर कति।।
जवानी छ जोश मेरै,ज्यान राम्रो यहि सोचनै।
लाग्ने अमृत चोला,छोडिन्छ मानव बिचनै।।
परिवार सब मेरो, अब दुनियाँकै पासमा।
नश्वर जिव अल्झिने, हो एक मुठि श्वासमा।।
कर्मको खेलपो यो हो,सब दौडधूप गर्ने।
छ्ल्छ दैबले नजर,मुहुर्त कुन बेला मर्ने।।
मागेमा शिर झुकाइ ,सुन्दैन बिन्ति केहि नै।
लाने बिषालु सर्पले झै,प्राणिको प्राण छिनमै।।
दिन्न मै लान्छु पो भन्छ,चाहिन्छ आखिर पासमा।
शताब्दी पनि शुन्यनै , सकिने दिन र मासमा।।
हे कृष्ण , कृष्ण पो भन्दै,पुर्याउने छन घाटमा।
केहि छैन त्याग ईष्र्या ,अन्त्य बैकुण्ठ बासमा।।
जिवन छैन बशमा ,गरौ पुण्यको कर्म केहि।
रहने यहि जगतमा, थर,जात शुन्य त्यहिँ।।

प्रतिकृया दिनुहोस्