
लघुकथा
बर्खाको दिन चतुरे काका निक्कै बिरामी परे। एक कान दुई कान मैदान भने झै चतुरे काका बिरामी भएको कुरा गाउँघरमा फैलियो। बुढा निक्कै थला परेका छन रे यसो हेर्न जानुपर्ने छिमेकीहरु बीच कुराकानी चल्यो।
साँधमा झगडा भएदेखि मसँग आउजाउ बोलचाल नै छैन एउटा छिमेकी बोल्यो अर्कोले थप्यो पोहोर मेरो बाली बस्तुलाइ खुवाएदेखि म पनि चित्त दुखेर त्यो घरमा टेकेको छुइँन। हो नि म पनि त तीन बर्ष भयो क्यारे त्यो घरमा नपुगेको अर्को भन्दै थियो। निस्कर्षमा सबै मिलेर काकालाइ हेर्न जाने निर्णय भयो।
सबैले गएर बुढालाई नियाले बुढा फर्केलान जस्तो लगेन मनमनै गमे अनि सबैले स्वास्थ्य लाभको कामना गरेर बिदा भए ।यता चतुरे काका निक्कै खटपटाए के भयो बा बिराम बढे जस्तो छ श्रीमती छोराछोरी बुहारीहरुले सोधे। तिमीहरु बिराम बढेको देख्छौ नि यी छिमेकीहरु खुसी भएको देख्दैनौ नत्र हेर न हुल बाँधिएर आएका। बुढा सिमाना मिच्न वाली खुवाउन र छुस्करी गर्न नसकेकोमा छटपटाइ रहेका थिए।


