सृजनाको चौतारी

बादल

कविता

हृदयको स्पन्दन नै निशब्द भएको
आँसूले भरिएको व्यथित बादल हुँ,
रोदनमा आहत भएको सारा संसार
नयनहरु दिब्य ज्योति बल्दै गरेको,
अनी कान्तिमय प्रज्वलित त छँदै हो
म करुणा ले भरिएको भवसागर हुँ,
मेरा हरेक कदमहरु संगीत भरिएको
प्रत्येक स्वाँसमा तमोरका सरगमहरू,
सारा व्योम त्यो नयाँ रंगमा रंगिएको
छाया मा मन्द मन्द शितल पवन हुँ,
हृदयको स्पन्दन नै निशब्द भएको
आँसू ले भरिएको व्यथित बादल हुँ,
जंगलमा चहकी रहेका पंक्षीहरू सब
अनी तडप हजारौं जीव जन्तुहरूको,
विक्षिप्तता सारा अरण्य भरी रहे नि
म जीवन रसनाको अभिलाषी हुँ,
ऐ बतास१ तिमी झैं शुष्क भएँ आज
मौसम जस्तो सर्वथा शिशिर सरी हुँ,
कल्पनाको संसारमा रमाउन पाउँदा
निशाको स्तब्धता ताराहरू को पुंज,
अनी आहा! मन्द मन्द शितल बतास
मानौं फाल्गुन मधुमासको पुर्णिमा हुँ,
हृदयको स्पन्दन नै निशब्द भएको
आँसूले भरिएको व्यथित बादल हुँ,
फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button