
मेचीनगर । गत पौष २१ गते झापाको मेचीनगर ७ मा भएको आगलागीमा घाईते भएका स्थानीय चन्दन गौतमको उपचारका लागि धुलाबारीका रिकभरिङ्गले आर्थीक सहयोग गरेकाछन् । धुलाबारी रिकभरिङ्गका अगुवा राजेश गुरुङ्गका अनुसार चन्दनको उपचारका लागि धुलाबारीका रिकभरिङ्गको सकृयतामा संकलित एक लाख एघार हजार सात सय पाँच रुपैयाँ आज एक कार्यक्रमका बीच गौतम परिवारलाई हस्तान्तरण गरिएको थियो । चौतारी पोष्ट अनलाइनलाई गुरुङ्गले बताए अनुसार आगो नियन्त्रणका लागि सहयोग गर्ने क्रममा घाईते बनेका गौतमको उपचारका लागि सहयोग स्वरुप उनको परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको उनले बताए ।नेपाली काँग्रेसका मेचीनगर सभापति सुदय पनेरु(सुवेश)स्थानीय सामाजिक अगुवाहरुतेजप्रसाद चौलागाँई, रोहत बुढाथोकी ,मुकेश लिम्बु, ईन्द्रप्रकाश आङ्गदेम्बे लगायतको उपस्थितिमा सो रकम गौतम परिवारलाई हस्तान्तरण गरिएको थियो । आगलागीमा परेर घाईते बनेका गौतमको उपचारका लागि सहयोग गर्ने सबैलाई धुलाबारी रिकभरिङ्गका अगुवा राजेश गुरुङ्गले धन्यवाद समेत ज्ञापन गरेकाछन् । गुरुङ्गले आगामी दिनमा समेत सामाजिक सेवाका क्षेत्रमा धुलाबारी रिकभरिङ्ग सकृय रहने प्रतिबद्धता समेत गरेकाछन् ।



