सृजनाको चौतारी

म हेरि रहने छु !

उड तिमी अझै माथि उड
कति उड्छौ उड, पखेटा च्यातिउञ्जेल उडि राख
म यही भुइँबाटै तिमीलाई हेरि रहने छु
आकाश भन्दा पनि माथि उड
आकाश भन्दा माथि के के छ त्यो भन्दा माथि उड
कति उड्छौ अनि कहिले सम्म उड्छौ
तिमी उड्दै जानु म तिमीलाई हेरि रहने छु, तिम्रो उडानको वेगलाई नियालि रहने छु
जब सम्म तिमी तिमी उड्ने छौ म पनि हेरि रहने छु
मलाई थाहा छ, तिमी सधै उड्ने छैनौ
तिम्रो उडान पुरा भएपछि आउने तिमी पनि म भएकै भुइँमा नै हो
अहिले तिमीलाई भुइँ थाहा नहुन सक्छ तर सत्य यही भुइँ नै हो
तिम्रो पहिलो आगमनको स्वागत र अन्तिमको बिदाई पनि भुइँबाटै हुन्छ
एक दिन तिम्रा पखेटाहरु थाक्नेछन
आकाश तिम्रो अस्थाई यात्रा मात्र हो
जे छ सबै त भुइँ मै छ
त्यसैले म तिमीलाई भुइँबाटै भुइँमै पर्खने छु
मलाई थाहा छ र यो सत्य हो
तिमी पनि भुइँ कै हौ र भुइँ मै आउने छौ
जब तिमी भुइँमा ओर्लने छौ
तिमी र म सँगै हुनेछौँ
र, तिमीले पनि भन्ने छौ
सत्य त भुइँ नै रहे छ
भुइँलाई भुल्न नहुने रहेछ
अकाश त अस्थायी नै रहेछ
कथा आकाशसँग होइन भुइँसँग रहेछ भनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button