
आफ्नै काख र आफ्नै आँगनसँग
शङ्का लाग्छ त्रसित छु
घरकै दलानदेखि
न, बुबाको अनुहारमा आत्मीय देख्छु
न, दाजुभाइ ,काका, छरछिमेकी ,आफन्त
न ,गुरूकै दृष्टिमा अपनत्व देख्छु
सबैका आँखा नियाल्छु
यौनिकताको आभासमात्र पाउछु
आमा मलाई गर्भमै तुहाइ देउ न है!
यो धरामा
पुरूषहरूकोमात्र राज होस्
बाँझो रहोस हरेक आमाहरूको कोख
सृष्टि नै ठप्पहोस् वरु!
रोकियोस अङ्कुरण
मैले आँत भरिउञ्जेल
आमाको छाती चुस्न कहाँ पाएँ र ?
बाबु चिन्न पाएकै थिईन
कस्तो तृष्णा जाग्यो तिमीलाई?
योैन र योनिकता के हो?
थाहा थिएन मलाई
लुछ्न सम्म लुछे तिने मलाई
पीडा के हो बुझेकै थिइन
को, आफ्नो को, बिरानो
चिनेकै थिइन
आमा !
तिमी अब यो धरामा बैलानै बस है !?


