खबर

धरानमा मेयर काँग्रेसका किशोर राईले १३४० मतका साथ अग्रता कायमै

धरान / धरानमा ३५ सय मतगणना सम्पन्न हुँदा सम्म मेयरमा गठबन्धनको तर्फबाट किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघाको अग्रता कायमै रहेको छ । गठबन्धनतर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले १३४० मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङलो ९२२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका मञ्जु भण्डारीले ७०६ मत ल्याएका छन् ।

यसैगरी उपमेयर तर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १४३९ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ८४४ मत प्राप्त गरेका छन् । धरान १,२, ३ नम्बर वडाहरूकाे मतगणना भइरहेकाे छ ।purbelinews.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button