सुरुङ्गा । झापा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका नविनकिशोर थापा विजयी भएका छन् ।
उनले ९२८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । थापाले एमालेका हिमबहादुर कार्कीलाई हराएका थिए । कार्कीले ८५७ मत पाएका छन् ।
वडाध्यक्षमा कांग्रेस आएपनि बाँकी सबै सदस्य पद भने एमालेले जितेको छ । खुल्ला सदस्यमा फणिन्द्रप्रसाद खरेल ९०८,सोमनाथ प्रसाई ८९८, महिला सदस्यमा हेमा राई९६९ र दलित महिला सदस्यमा तारादेवी विश्वकर्मा ९८० मत ल्याएर विजयी भएका छन् ।



