सृजनाको चौतारी

बजेट

गजल
बजेट आयो बजेट आयो हल्ला गर्छन् मान्छे
दुखिया परि महंगी छायो खोइ कसरी खान्छे ।
कलम कापी पोशाक जुत्ता सबै चाहिन्छ अरे
छोराछोरी स्कुल लायो त्यहाँ के गरि धान्छे ।
विवाह भोज जन्मदिनमा निम्तो आउँछ फेरि
उपहारले आँ मुख बायो के के लिएर जान्छे ।
बिरामी भई ओखती छन् धेरै धेरै महंगा
नातागोता गाउँ घर धायो कताबाट लान्छे ।
बिहान रात हात र मुख जोडन धौ धौ रहदा
दीनहिनले खोइ के पायो रीसले आङ तान्छे ।

माइजोगमाइ,इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button