सृजनाको चौतारी

जिन्दगी

जिन्दगी हाम्रो जन्मेकै दिन,
मर्नलाई लेखेको।
भोलि के हुने भबिस्य यहाँ,
कस्ले छ देखेको।।
दुई दिने चोला जिन्दगी हाम्रो,
खुसी भै बाँचौ है।
मनमा पिर,जे परे पनि,
बाहिरी मन हाँसौ है।।
समय चक्र दुस्ख र कष्ट ,
सबैलाई आउँछ।
चिन्ताले गर्दा यो हाम्रो जीवन,
चित्तामा पुर्याउछ।
पिर र चिन्ता बिर्सने गरौं,
शुद्ध मन भएर।
इस्वर संग प्राथाना गरौं,
मन्दिरमा गएर।।
पिर चिन्ता गरे शरिर रोगी ,
अवस्या बन्द छ।
रोगी शरिर लाई,किटाणु हरुले,
चाडै नै चिन्दछ।
मनमा पिर मनमा चिन्ता ,
गरेर के हुन्छ।
आजलाई हामी रमाउँने गरौं,
भोलि ता जे हुन्छ ।
धनी र गरिव जो मरे पनि,
घाटैमा लाने हो।
लोभको भाडो भराउँने सुरमा,
जिन्दगी जाने भो।
समय मिलाइ गुरुजन बाट,
आत्मा ज्ञान लिएर।
बाचुन्जेल हामी धर्म मै रमाउँ,
ज्ञान ज्योति पिएर।।
समाप्त
काकडभिट्टा झापा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button