
चौतारी पोस्ट अनलाइन समाचारदाता
राजबिराज ।लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १४ औं दिन तथा ५ औं अन्तर्राष्ट्रिय महिनावारि दिवसको अवसरमा शुक्रबार महिला सचेतना समाजको अध्यक्ष सुनिता साहको अगुवाइ तथा राजविराज नगरपालिकाका कार्यबाहकनगरप्रमुख इसरत परबिनको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । सप्तरी जिल्ला कारागार राजविराजका महिला कैदि ÷ बन्दिहरुलाई सेनेटरि प्याड वितरण वितरण गरिएको सो कार्यक्रमलाई सम्बोधन गर्दै कावानगर प्रमुख परबिनले महिलाहरूको स्वास्थ्य प्रति राजयब्दारा जिम्मेवारी पूर्ण रुपले ध्यान दिनु जरुरी भएको र त्यसमा समाजको सहयोग र सहभागिता महत्वपूर्ण भएको बताइन ।
कार्यक्रमको अध्यक्षता गर्दै महिला अधिकारकर्मी सुनिता शाह क्रान्तिले देशमा महिलाबर्गको सामाजिक, आर्थिक र शैक्षिक अबस्था दयनीय भएको कारण उनिहरूको जीवन स्तर सुधारमा राज्य मात्र उत्तरदायी नभई नागरिक समाजबाट समेत कर्तव्य बोध हुने बाताबरण तयार गर्नु आबश्यक रहेको बताइन् ।



