
राजबिराज ।७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मलेठ घटनाका शहिद स्वःविरेन्द्र महतोका श्रीमति रंजना देबी महतोलाई एक बोरा चामल र निजकाबालबच्चाहरुलाई ४ दर्जन कपी ,पेन्सिल,कटर,लेजरसहित स्टेशनरी सामग्रीतथा बिस्कुट आज एक कार्यक्रम बीच तराई मधेस महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साहले राहत सामग्री वितरण गरेकी गरिन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकारकर्मी समेत रहेकी अध्यक्ष शाहले राष्ट्र, राष्ट्रियता र जनताका लागि जीवन उत्सर्ग गर्नेहरु प्रति राज्यले सहयोग र सम्मान नगरेकोमा दुःख ब्यक्त गरिन। उनले शहीदको सम्मान र उनका परिवाको स्थिति प्रति समाजको सहयोगबाट पनि सेवा गर्नु पर्ने बिचार राखिन् ।
सो कार्यक्रममा शहीद पत्नि रंजना देवी महतोले समाज सेवामा फाउंडेशनले गर्दै आएको सामाजिक दायित्वमुलक कार्य सराहनीय रहेको बताइन् ।



