मूल खबर

आरती साहका हत्यारालाई पक्राउ गर्न आजपाको सरकारसँग माग

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आरती साहका हत्यारालाई पक्राउँ नगरिएपछि सरकारमाथि प्रश्न उठाएको छ । आरती साहको हत्यामा संलग्न रहेका उनका श्रीमान मोतीबाबु साहलाई पक्राउँ गर्न सर्वोच्च अदालतले थुनामा पठाउँन आदेश दिएको पाँच दिन बित्दा समेत उनी पक्राउँ नपरेपछि आजपाले सरकारसँग प्रश्न गरेको हो ।

मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले थुनामा पठाउन दिएको आदेश अनुसार मोतीबाबु साह पक्राउ नपरेपछि आजपाले किन पक्राउँ गरिएको भन्दै सरकारसंग प्रश्न गरेको छ । आइतबार आजपाका प्रवक्ता चन्द्रभुषण साहले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई यथासिघ्र पक्राउँ गर्न सरकारसंग माग गरेका छन् ।

‘आरती साह हत्या प्रकरणमा सम्मानित सर्वोच्च अदालतले आरोपित हत्याराहरु मध्ये मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि हत्यारा हालसम्म पक्राउ नपरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।राजधानी दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button