सृजनाको चौतारी

दिल लगाएर बस्यौ

कविता
किन योसंग दिल लगाएर बस्यौ ।
एक दिन त तिमी जानु नै छ ।
आफ्नो मनलाई तिमी सम्झाउ ।
सबै थोक यहीं तिमीले छोड़नु नै छ ।

यों जीवन किरायाको घर हो ।
यसलाई त खाली गर्नु नै छ ।
मृत्युले जब तिमीलाई आवाज दिन्छ।
उसको साथ साथ त चल्नु नै छ ।

यो दुनियासंग किन दिल लाग्छ ।
एक दिन त सबै छोड़नु नै छ ।
यो संसार हो झूठको बस्ती ।
यसलाई त तिमीले छोड़नु नै छ ।

केही पनि छैन है तिम्रो यहाँ ।
यो त विश्वास हो रख्नु नै छ ।
किन प्यार प्रीत यहाँ जोडी ।
कर्मको प्रभाव त सहनु नै छ ।

जीवन एक किनारा हो आफ्नो ।
यसमा त तिमीले तैरिनु छ ।
कर्मलाई तिमी असल बनाउ ।
यस किनारालाई पार गर्नु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button