सृजनाको चौतारी

सम्बन्ध

कविता 
छोडेर गए मतलबी
जोजो अघि बढ़े ।
अन्त्य भयो उसमा
जिन्दगीको जलजला।

हरेक सम्बन्धमा केही त
खास कुरो छ
तोड़न आवश्यक छैन
यो सिलसिला।

जिन्दगीमा प्रेम नै
एक बरदान हो
सम्बन्धलाई जीवन्त
राख्नु हो कला।

बाटो दिई रहनु
गन्तब्य हो सदा
यात्राले कहिलै
नथाक्नु तिमी यहाँ ।

कडा बिष हो यो
अमृत नसम्झ तिमी
दुःखमा पनि खुशी भएर
बॉच्नु पर्छ यहाँ ।

तर्कवादी समाज नै
यो संसारमा बलियो
जसको साथमा छ
सम्झ हतियार भाला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button