
कविता :
प्रेम हृदयको आकर्षण हो
कर्तव्य प्रेमको शोभा हो
प्रेम नसर्गिक फूल हो।
कर्तव्य प्रेमको पालुवा हो…l
माया मनको बगैचा जस्तै हो..
उसलाई नदुखाउनु
मेरो कर्तव्य हो
प्रेम भनेको ईश्वरिय पूजा हो
तिम्रो विश्वासलाई
कहिल्यै टुट्न नदिनु
तिम्रो कर्तव्य हो।
सुन्दरता प्रेमको आधार होइन
यो कर्तव्यको भावनाबाट चम्किन्छ
प्रेमको सौन्दर्य हृदयको आँखाबाट देख्न सकिन्छ।
सुधालाई प्रेमले सजाउनु
प्रेमको कर्तव्य हो।
प्रेम हृदयदेखि मनसम्मको पूजा हो …
बजारमा बेच्न नदिनु
तिम्रो कर्तव्य हो ।
प्रेमकै कारण भगवान
बिश्वास बनेर पृथ्वीमा आए ।
पृथ्वीमा प्रेम फैलाउनु
हाम्रो कर्तव्य हो।
प्रेमको अर्को नाम समर्पण हो।
उपहार देखेर तौलनु
कर्तव्य होइन
प्रेम गर्नु अपराध होइन
यदि यो सत्य हो
जीवन जिउनु र पूरा गर्नु
तिम्रो कर्तव्य हो।
.स्वतन्त्रआवाजसाप्ताहिक भद्रपुर झापा.

