सृजनाको चौतारी

‘बा’सडकमा मान्छेहरुको भीड छ

कविता

जी एन शर्मा

’बा’सडकमा मान्छेहरुको भीड छ
‘बा’तल हेर्नु त सडकमा
माथि अग्लो टावरतिर हैन ‘बा’
तल, तल सडकमा हेर्नु त
सडकका मान्छेहरु सर र गुरुआमाहरु हन्
सर र गुरुआमाहरुले पढाउँछन्
उनीहरु सडकबाट बोलाउँदैछन्
तल कान थापेर सुन्न त ‘बा’
सर र गुरुआमाहरुले के भन्दैछन् ?
अस्तिनै देखि उनीहरु सडकमाछन्
कत्ति बोलाउँदा पनि कसैले सुनेन भन्दैछन्
तल सुन्न त ‘बा’सर र गुरुआमाहरु के भन्दैछन् ?
उनीहरुले पढाउने काम गर्छन्
सिकाउने काम गर्छन्
शिक्षा दिने मान्छे हुन्
उनीहरु सर र गुरुआमाहरु हुन्
‘बा’तल सडकमा कान थापेर सुन्नु त
सर र गुरुआमाहरुले के भन्दैछन्
कत्ति बोलाउँदा पनि कसैले सुन्दैन भन्दैछन्
सडकका मान्छेहरु
कत्ति कराउँदा पनि कसैले केही भन्दैन भन्दैछन्
सर र गुरुआमाहरु भन्दैछन्
सुनेका पनि छन् अनि बुझेका पनि छन्
तर, नसुने जस्तो र नबुझे जस्तो गरेकाछन्
‘बा’एक पटक उनीहरु के भन्दैछन्
तल सडकमा कान थापेर सुन्नु त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button