मूल खबर

पुष्पलालको स्मृति दिवशका अवसरमाः ईन्द्रमायाँको घर एकीकृत समाजवादीले बनाउने भयो

भद्रपुर । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवशका अवसरमा नेकपा(एस)झापाले नयाँ कामको शुरुवात गरेको छ ।नेकपा(एकीकृत समाजवादी)झापा जिल्ला कमिटीको पहलमा ईन्द्रमायाँ खातीको घर बन्ने भएको हो ।


नेकपा(एकीकृत समाजवादी)झापाले स्मृति दिवशलाई सार्थक बनाउने अभियान अन्तरगत झापामा एक पालिका एक छानो कार्यक्रमको आरम्भ गरेको जिल्ला अध्यक्ष बिपी भट्टराईले बताए ।स्मृति दिवशका अवसरमा झापा भद्रपुर नगरपालिका वडा नं २बस्ने एकल महिला ईन्द्रमायाँ खातीको घर निमार्णको शिलान्यास सो पार्टीका केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज पुष्प पोखरेलले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्य क। चन्द्रमाया श्रेष्ठ , केन्द्रिय सल्लाहकार सदस्यहरु,प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।


पुष्पलालले देख्नु भएको सपना भोका,नाङ्गा,शोषित र पिडित वर्गकै वर्गीय मुक्ति भएकाले उहाँको स्मृति दिवशमा जिल्ला पार्टीले यस वर्षदेखि यो अभियान संचालन गरेको अध्यक्ष भट्टराईले बताए ।
बिपि भट्टराईको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा संचालन जिल्ला सचिव सानुकुमार लामा र स्वागत नवीन ईजमले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ र भद्रपुर नगर कमिटी अध्यक्ष तथा प्रदेश कमिटी सचिवालय् सदस्य पदम लिम्बुले मन्तब्य राखेका थिए। एक पालिका एक छानोका संयोजक तथा पुर्व प्रदेश कमिटी सदस्य बासु दुलालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवशमा संभवत नेपामै पहिलो पटक यसप्रकार अभियान नेकपा(एकीकृत समाजवादी)झापाले गरेको अध्यक्ष भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button