खबर

अब म केही फोनहरू गर्न थाल्छु र के भयो भनेर उनीहरूलाई भन्छु ’ट्रम्पको भनाई

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्काको एङ्करेजमा सम्पन्न द्विपक्षीय वार्तामा ‘केही हदसम्म प्रगति’ र ‘महत्वपूर्ण उपलब्धि’ भएको बताइए पनि ठोस सम्झौता अझै नभएको ट्रम्पले स्पष्ट पारेका छन्।

वार्तापछि ट्रम्पले नेटो अधिकारी, युक्रेनी राष्ट्रपति जेलिन्स्की लगायतलाई सम्पर्क गर्ने जनाएका छन्। ट्रम्पले वार्तालाई ‘उत्पादक’ बताउँदै ‘धेरै बुँदामा सहमति’ भए पनि अन्तिम निर्णय युक्रेन लगायत सरोकारवालाको हातमा रहेको उल्लेख गरे।

संयुक्त पत्रकार सम्मेलनमा दुवैले प्रश्न नलिने निर्णय गरेका थिए। पुटिनले आठ र ट्रम्पले चार मिनेट बोलेर वक्तव्य सकाएका थिए।

ट्रम्पले अन्त्यमा भने, ‘अब म केही फोनहरू गर्न थाल्छु र के भयो भनेर उनीहरूलाई भन्छु।’न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button