भिडियो चौतारीहेड लाइन

कांग्रेसमा सहमतिको संकेत! ५ बुँदे प्रस्तावका ४ बुँदामा गगन पक्ष सकारात्मक, एउटै बुँदामा अडान कायम

 

नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद समाधानतर्फ नयाँ संकेत देखिएको छ। संस्थापन इतर समूहले सार्वजनिक गरेको पाँच बुँदे प्रस्तावमध्ये चार बुँदामा संस्थापन पक्ष सकारात्मक देखिएको छ भने एउटा मुख्य प्रस्तावमा भने अझै सहमति जुट्न सकेको छैन।

विशेष महाधिवेशनअघि निर्वाचित सबै केन्द्रीय सदस्यलाई वर्तमान कार्यसमितिमा एकमुष्ट समायोजन गर्ने प्रस्तावलाई सभापति गगनकुमार थापा पक्षले विधानविपरीत भन्दै अस्वीकार गरेको छ। महामन्त्री गुरुराज घिमिरेका अनुसार पार्टी विधानले यस्तो व्यवस्था नगरेकाले उक्त प्रस्ताव स्वीकार गर्न सम्भव छैन।

यद्यपि कार्यसम्पादन समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, महाधिवेशन केन्द्रित समितिको गठन, डिजिटल सदस्यता व्यवस्थालगायत अन्य प्रस्तावमा दुवै पक्षबीच सकारात्मक संवाद भइरहेको बताइएको छ।

अब कांग्रेसभित्र सहमति भएर १५औँ महाधिवेशन सबै पक्षको सहभागितामा सम्पन्न हुन्छ कि हुँदैन? गगन थापाको अडानले पार्टी एकतालाई कुन दिशामा लैजान्छ? यसै विषयमा विस्तृत विश्लेषण प्रस्तुत गरेका छौँ।

भिडियो पूरा हेर्नुहोस्, आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्, र यस्तै विश्वसनीय राजनीतिक समाचार तथा विश्लेषणका लागि Chautari Post लाई Subscribe गर्न नबिर्सनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button