भिडियो चौतारीहेड लाइन

काँग्रेस विभाजनको संघारमा? इतर समूहको राष्ट्रिय भेला घोषणा, नयाँ पार्टी खोल्ने चेतावनी

काँग्रेसभित्रको आन्तरिक विवाद अब नयाँ मोडमा पुगेको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

बिपी स्मृति दिवसको अवसरमा आयोजित छुट्टै कार्यक्रममा नेता प्रकाशमान सिंहले सातै प्रदेशमा भेला सम्पन्न भइसकेको जानकारी दिँदै अब राष्ट्रिय भेलापछि आफ्नो समूहले “आफ्नो बाटो लिने” स्पष्ट संकेत दिएका छन्।

इतर समूहले १५औँ महाधिवेशनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याउँदै पार्टी नेतृत्वले सहमतिका लागि कुनै पहल नगरेको आरोप लगाएको छ। साथै, विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरिएको आरोप पनि लगाइएको छ।

यदि साउन महिनाभित्र सहमतिको प्रयास नभए नयाँ राजनीतिक दल घोषणा गर्ने तयारीमा इतर पक्ष रहेको नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button