
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा पुगेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै ओलीले निर्वाचन मात्रै लोकतन्त्रको आधार नभएको बताएका छन्।
ओलीका अनुसार चुनाव कुन परिस्थिति, उद्देश्य र वातावरणमा सम्पन्न हुन्छ भन्ने आधारमा लोकतन्त्रको अवस्था निर्धारण हुन्छ। उनले नेपालमा लोकतन्त्रको सुदृढीकरणभन्दा पनि लोकतन्त्रको पुनःस्थापनाको आवश्यकता रहेको दाबी गरेका छन्।
उनले जेन–जी आन्दोलनलाई हिंसात्मक घटना भन्दै वैधानिक सरकारलाई अवैधानिक तरिकाले हटाइएको आरोप लगाए। साथै संविधान संशोधनभन्दा अहिले संविधानको रक्षा प्रमुख आवश्यकता रहेको बताएका छन्।



