
भावना सुवेदी
दाङ, २४ पुस । स्वदेशमा रोजगार पाईदैन भनेर धेरै युवाहरु विदेशिएका हुन्छन् । धेरै धन कमाउने आसमा आफनो घर परिवार छोडेर युवाहरु विदेश जाने सङख्या वढ्दै जान थालेको छ । तर दाङका विद्यार्थीको नेतृत्व गर्ने एक विद्यार्थी नेता राजनितीसँगै वगुरपालन व्यवसाय सुरु गरेका छन् । उनी अन्य युवाहरु लागि प्रेरणाको पात्र बन्न समेत सफल भएका छन् । बिद्यार्थी नेता टोपबहादुर वुढाथोकी विद्यार्थी राजनितीसँगै वगुरपालन व्यवसाय गदै आएका हुन् । विद्यार्थी राजनितीबाट बचेको समयमा व्यवसाय सुरु गरेको उनले बताए ।वुढाथोकीले बबइ वहुउदेश्य कृषि तथा पशुपक्षी फर्म दर्ता गरि घोराही उप महानगरपालिका वडा नं ७ राजपुरमा व्यवसायिक रुपमा बंगुरपालन गदै आएका छन् । सुरुमा ९ लाखको लगानीबाट वंगुरपालन सुरु गरेको वुढाथोकीले बताए । बैकवाट ऋण लिएर व्यवसाय सुरु गरेको बताए । ऋणपनि सहज रुपमा नपाइने गरेको उनको भनाई छ । अहिले उनले २६ वटा वंगुरपालन गरेका छन् । ल्यानरुप जातको ११ वटा र घरानो जातका १५ वटा वगुर रहेको बताए । ५ कट्टा जग्गामा उनले वंगुरपालन पालनका लागि खोर निर्माण गरीएका छन् । अहिले १३ वटाको कोठा रहेको खोर बनाएका छन् जसमा ५१ ÷५२ वटा अटाउन सक्ने क्षमताको रहेको वुढाथोकीले बताए ।
राजनिती सँगै केही व्यवासय गर्नु पर्दछ भन्ने सोचका साथ आफु वंगुरपालन व्यवसाय सुरु गरेको वुढाथोकीले बताए । ‘राजनिती समाजिक सेवा हो आम्दानी हुदैन जिवन चलाउन केही व्यवसाय गर्नु पर्दछ त्यसैले यस प्रकारको व्यवसाय सुरु गरेको हु’ वुढाथोकीले भने । आम्दानी नहुँदा राजनिती गर्नसमेत समस्या हुने उनको भनाइ रहेको छ । यसरी कुनै पनि व्यवसाय नगरि राजनिती गर्दा अनियमिता समेत हुने गरेको वुढाथोकी बताउँछन् । वंगुरपालन व्यवसाय गर्दा उनले विभिन्न समस्या समेत भोग्नु परेको थियो । ती समस्यालाइ समाधान गदै आफु अगाडि वढेको उनले बताए । ‘आफुमा केही गर्नु पर्दछ भन्ने सोच भए पनि समस्या समाधान गर्दै अगाडि वढन सकिन्छ’ वुढाथोकीले भने । समाज परिवर्तन हुन नसक्दा सुरुका दिनमा उनलाइ समाजमा धेरैले वगुरपालन गर्ने थालेको भनेर नकारात्मक दृष्टिलेसमेते हेर्ने गरेका थिए । तर विस्तारै वुझदै गएको उनको भनाइ रहेको छ ।
‘हाम्रो समाजको सोचाइ पनि गल्त छ’ वुढाथाकीले भने । समाजमा रहेको यस प्रकारको सोच परिवर्तन हुन जरुरी रहेको बताए । यसको अभियान आफुले थालेको बताए । ‘विद्यार्थीहरुको नेतृत्व व्यक्तिले गरेको देखे पछि अरुले पनि सुरु गर्लान भनेर यस व्यवसायलाई रोजेको हु’ वुढाथोकीले भने । जे गरे पनि कामलाइ प्राथमिक्ता दिएर अगाडि वढनु पर्ने उनको भनाइ छ ।
उनले सुरु गरेको व्यवसायमा अहिले २ जना लाइ रोजगार समेत प्रदान गरेका छन् । व्यवसाय विस्तार संगै अन्यलाइ समेत रोजगार प्रदान गर्न सकिने उनको भनाइ छ । आउँदा दिनमा कृषि क्षेत्रमा अगाडि बढ्ने बताए । ‘कृषिको राम्रो संभावना रहेकोले त्यसैले यसै क्षेत्रलाइ अगाडि वढाउने सोच रहेको छ’ वुढाथोकीले भने । वंगुरपालन संगै ब्राखा पालन व्यवसाय पनि अगाडि वढने बताए । गरे सबै सम्भव छ भन्न उदेश्यले उनले अन्य युवाहरुलाई पनि नेपालमै व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्न आग्रह गरेका छन् ।halokhabar



