एजेन्सी– जर्मन अन्तर्राष्ट्रिय मारियो गोट्जेले बोरुसिया डर्टमण्ड छाडन् निधो गरेका छन् । यो सिजनको अन्त्यसँगै उनको सम्झौता टुंगिदै छ । २७ वर्षे मिडफिल्डरले सन् २००९ देखि ०१३ सम्म डर्टमण्डको सिनियर टोलीबाट खेलेका थिए ।
त्यसपछि भने उनी बायर्न म्युनिख पुगेका थिए । उनकै एक मात्र गोलमा जर्मनीले २०१४ मा फिफा विश्वकप जितेको थियो । २०१६ मा उनी पुनः आफ्नो बाल्यकालको क्लब डर्टमण्ड फर्केका थिए ।
गोट्जे अहिले पनि फर्ममा फर्कनका लागि संघर्षरत छन् । त्यसका वावजुद पनि उनलाई भित्राउन थुप्रै क्लबले इच्छा देखाएको बताइएको छ । ‘म आज एउटा घोषणा गर्ने त्रममा छु । मैले अब खेल जीवनमा केहि परिवर्तको सोच बताएका छु,’ उनले भनेका छन् ।
उनले त्योसँगै रेजा फाजेली आफ्नो एजेन्टका रुपमा समेत प्रस्तुत गरेका छन् । ‘मेरो खेल जीवनको अर्को महत्वपूर्ण निर्णय गरेको छु,’ उनले भने, ‘अब रेजा र उनको एजेन्सी इन्टरनेसन सकर म्यानेजमेटसँग काम गर्नेछु । म उनको योजनमा प्रभावित छु ।’hamrokhelkud/from



