मूल खबर

देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्न लागेका छन्— अध्यक्ष प्रचण्ड

देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्न लागेका छन्— अध्यक्ष प्रचण्ड

ललितपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको आजको ऐतिहासिक कार्यभार भएको बताएकाछन् ।
नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष प्रचण्डले आज एक वक्तव्य जारी गर्दै ऐतिहासिक पार्टी एकतापछि पनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाउँदै पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन सबैमा आग्रह समेत गरेकाछन् ।
दाहालले यही दिशामा सकारात्मक र रचनात्मक योगदानसहित एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्दै आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न उनले नेपाल कम्युनिष्ट पार्टी ( ने क पा )सम्पूर्ण नेता–कार्यकर्तालाई बक्तब्य मार्फत आह्वान पनि गरेकाछन् ।
“७१ वर्ष लामो राजनीतिक सङ्घर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ”, अध्यक्ष दाहालद्वारा जारी वक्तव्यमा छ, “कठोर सङ्घर्षकै बलमा सङ्घीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायत महत्वपूर्ण उपलब्धि हासिल भएका छन्।
प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ ।” विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस मानव जातिकै लागि नयाँ चुनौतीका रूपमा उभिएको भन्दै अध्यक्ष दाहालले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै त्यसकाविरुद्ध एकताबद्व सङ्घर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा प्रचण्डले अपील समेत गरेकाछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button