सृजनाको चौतारी

बुझाइ

लघुकथा 

दलमानले त्यो बेला कक्षा आठको जिल्ला स्तरीय परीक्षा दुई बर्षमा पनि पास गर्न सकेन त्यसपछि उ घरकै काममा ब्यष्त रह्यो । दाजुको उमेर पनि निक्कै छिप्पिसक्यो बिहे गर्नुपर्ने यसो फेसबुक चलाएर कोही केटी पट्ट्याए पो,दलमानलाई उसकै भाइबहिनीले खिसीटिउरी गर्न थाले ।
दलमानले शहरमा रहेकी दिदीलाई फोन गर्यो ( दिदी मेरो यो पुरानो मोबायल राम्रो चल्न छोडयो,एउटा औलाले कुदाउने खालको मोबाईल किनेर पठाइदेन,म दशैमा आउदा तेरो पैसा तिर्छु। दिदीले पनि सोझो भाइको कुरा इन्कार गर्न सकिन,भोलिपल्ट एक सेट मोबाइल किनेर रात्री बसमा पठाइदि र भाइलाइ फोन गरेर भनी(मैले मोबाइल रात्री बसमा पठाइदेको छु काल्दाइको होटेलमा छोडीदिन्छ भोलि गएर ल्याउनु है।
दिदीको फोनले दलमान खुसी भयो अनि मनमनै सम्झयो अब फेसबूक चलाउछु, तर फेरि सम्झयो यो फेसबूक कसरी चलाउने,गाउँमा फेसबूकमै मात्र झुन्डिरहन्छे भनेर धेरैले चमेलीको बारेमा कुरा गरेको उस्ले सुनेको थियो,उ सिधै चमेलीको घरमा गयो र सोध्यो(चमेली फेसबूक चलाउन के गर्नु पर्छरु चमेलीले भनी दलमान दाइ तपाईं डाटा प्याक किनेर मेरोमा आउनु न म सिकाइदिहाल्छु नि।

भोलिपल्ट हतारहतार काल्दाइको होटेलमा गएर आफ्नो नाममा आएको सेट जिम्मा लियो। उसले बिचार गर्यो अस्ति टाटा लेखेको फरुवा मैले त्यहाँ माल्दाइको हार्डवेयर पसलबाट लगेको थिएँ,पक्कै पनि टाटाको प्याक त्यही पाइन्छ,उ सरासर हार्डवेयर पसलमा गयो र साहुजीलाई भन्यो(साहुजी मलाइ टाटाको प्याक दिनु न। साहुजी अल्मलियो(भाइ के भनेको रे त्यस्तो प्याक त मेरोमा छैन त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button