सृजनाको चौतारी

नयाँ आकार

कविता

सुभद्रा भट्टराई
प्रज्ञा सभा सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान।

बोरामा राखेको आलु कुहिन थाल्यो भने
बार्दलीमा आलु फिँजाएर
बिग्रेको आलुमात्र फ्याँक्नुस्
बाँकीलाई राम्रोसँग छानेर
सुकाएर राख्नुस्
सिङ्गो बोरा कहिल्यै नफ्याँक्नुस्

मूलघरको छानो चुहिन थाल्यो भने
डाँडाभाटा र छानो फेर्नुस्
जुइनु मक्कियो भने नयाँ जुइनु फेर्नुस्
बलो र खाँबोहरू कमजोर भए भने
बलो र खाँबो फेर्नुस टेको नलगाउनुस्
तर
घरको मूल खाँबो मक्कियो भने
चर खनेर नयाँ दर्बिलो खाँबो गाड्नुस्
र त्यो मूलघरलाई नयाँ आकार दिनुस्
जसले पुस्तौँ पुस्ता तपाईंको
विरासतलाई आश्रय दिइरहोस्

काकडभिट्टा
मेची नगर नपा‌ , झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button