मूल खबर

एसडीएफ-का उपाध्यक्ष गणेश राईले दिए राजीनामा

गान्तोक : सिक्किमको राजनीतिमा नयाँ समीकरणको शुरूआत हुने देखिएको छ। आज गान्तोकमा पत्रकार सम्मेलनको आयोजना गरेर एसडीएफ (सिक्किम डेमोक्रेटिक फन्ड) उपाध्यक्ष गणेश राईले आफ्नो पद तथा पार्टीबाट राजीनामा दिएको घोषणा गरे। स्मरण रहोस्, गत केही दिन अघि मात्र सिक्किममा आउँदो केही महिनाको अवधिमै नयाँ राजनैतिक पार्टी गठन गर्ने घोषणा गरेपछि आज एसडीएफ-का उपाध्यक्ष गणेश राईले आधिकारिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्।

नक्सलबारी एसियन हाईवेमा बलुवा बोकेको ट्रक पल्टियो खाडलमा

नक्सलबारी : नक्सलबारी एसियन हाईवेमा बलुवा बोकेको ट्रक अनियन्त्रित भएर सडक नजिक खाडलमा पल्टियो। प्राप्त जानकारीअनुसार गुवाहाटीदेखि दुर्गापुर गइरहेको समय एउटा बलुवा बोकेको ट्रक नक्सलबारीको हात्तीघिसामा सडक नजिक खाडलमा पल्टियो। तथापि, घटनामा कसैलाई कुनै प्रकार क्षति नभएको बताइएको छ। वाहन चालक प्रेमलालले बताएअनुसार फलाम पुर्‍याएर गुवाहाटीदेखि फर्किरहेको समय वीरपाडाबाट बलुवा लोड गरेर आइरहेको समय नक्सलबारीको हात्तीघिसामा उक्त दुर्घटना भएको हो। उक्त ट्रकको चाबी लक भएपछि अनियन्त्रित भएर खाडलमा ट्रक पल्टिएको थाहा लागेको छ। तथापि, अवैध रूपमा बलुवा तस्करी गरिरहेको हो अथवा होइन भन्नेबारे पुलिसले जाँच शुरू गरेको बताइएको छ।
बिमल गुरुङको पहलमा समाबियोङमा सडक निर्माण कार्य शुरू

गोरुबथान: गोजमुमो अध्यक्ष बिमल गुरुङले गोरूबथान भ्रमण अवधि यहाँका विभिन्न गाउँ-बस्तीमा पुगेर त्यहाँका साधरण मानिसहरूसित भलाकुसारी गर्दै त्यहाँका विविध समस्या समाधानको आश्वासन दिए। यस अवधि 43 नम्बर समष्टिको 2 निम ग्राम पञ्चायत अन्तर्गत सामबियोङ तीनधुरे गाउँको भ्रमण अवधि गाउँलेहरूले बाटोको समस्या रहेको कुरा अवगत गराए पछि तिनले बाटो निर्माण गरिदिने वचन दिएका थिए। सोही वचन पुरा गर्दै आजदेखि गोर्खा जन मोर्चाको पहलमा समाबियोङ तीनधुरे गाउँमा गाडीको बाटो निर्माण कार्य शुरु गरिएको छ। रमेश हाङखिमले दिएको जानकारी अनुसार बाटोको कार्य शुरु गरिदिएकोमा स्थानीय मानिसहरु धेरै खुशी भएका छन्। यस कार्यको निम्ति गाउँलेहरुले गोजमुमो अध्यक्ष बिमल गुरुङ लगायत 43 नम्बर समष्टिका सम्पूर्ण पदाधिकारीप्रति आभार व्यक्त गरेका छन्।
तराई क्षेत्रको पन्थाबारीमा गोरामुमो शाखा गठन

मिरिक: तराईको ताराबारीस्थित पन्थाबारीको स्कुल परिसरमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक शाखा कमिटीका महासचिव राजकुमार रिजाल र तराईका नेतृत्वहरुको उपस्थितिमा सम्पन्न सभामा गोरामुमो पन्थाबारीको नयाँ शाखा समिति गठन गरियो। दार्जिलिङ गोर्खा पार्वत्य परिषद क्षेत्रभित्र परेको पन्थाबारी अहिलेसम्म नक्सलबारी मतिगढा विधानसभा क्षेत्रबाट छुट्टिएर दागोपाप अन्तर्गत खरसाङ विधानसभा क्षेत्रमा सामेल हुनु नसकेको कारण यहाँका विधायकले स्थानीय आधारभूत विकासमाथि ध्यान नदिएको कुरा यहाँका मानिसहरूले बताए।तिनीहरूको भनाई अनुसार जीटीए व्यवस्था भित्र्याए तापनि विकासको क्षेत्रमा परिवर्तन नहुँदा साथै विधायकले प्रदान गर्ने कतिपय विकासका कामहरु हुन सकेको छैन्। स्थानीय गजेन्द्र छेत्रीको सभापतित्वमा सम्पन्न सभामा गोरामुमो पन्थाबारी शाखा समिति गठन गरियो जसमा सभापति जगेन्द्र क्षेत्री, उपसभापति-केसु राई, सचिव छोटु साइबो, सहसचिव राकेश जोगी, कोषाध्यक्ष जगलाल सिंह, सह कोषाध्यक्ष गोबिन क्षेत्री, प्रमुख सल्लाहकार-दिलबहादुर माझी, कुलबहादुर राई, गंगाबहादुर राई, देवराज दर्जी, सुकबहादुर माझीसहित अन्यलाई कार्यकारी सदस्यका रूपमा छनौट गरियो। सभामा गोरामुमो मिरिक कमिटीका महासचिव राजकुमार रिजाल, निरपानिया शाखा अध्यक्ष काजी शर्मा, अर्ड शाखा अध्यक्ष अनिल राणा मगर, एमएम तराई शाखा अध्यक्ष पप्पु मगर, निरपानिया तराई गोरायुमो को-अर्डिनेटर दिवस कोइराला आदिको विशेष उपस्थिति रहेको थियो।siligurutimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button