
मंसीर ४ प्रतिनिधि र प्रदेशसभाको मिति, मंसीर ४ नेपाली जनताले फेरि आफ्नो भाग्य र भविष्य निमार्णका लागि आफ्ना प्रतिनिधि चुन्ने दिन । यसकारण मंसीर ४को यसपटक आफ्नै महत्व रहेको छ । स्वभावैले निर्वाचनमा राजनीतिकदल र स्वतन्त्र उम्मेद्वारहरु आआफ्ना कुरा लिएर जनसमक्ष आउँछन् । उनीहरु सबैको एउटै स्वर हुन्छ नेपाल र नेपाली जनताको उन्नति र प्रगति नै हाम्रो एक मात्र उद्देश्य हो । अक्सर चुनावको समयका घोषणा पत्र र भाषण साँच्चैकै पढौँपढौँ र सुनौँसुनौँ जस्ता हुन्छ ।तर, अहिले सम्म प्राय यस्तै हामीले भोग्दै आएको छौँ ।‘यहाँ भनिन्छ एउटा र गरिन्छ अर्को’
कसले झुठ र कसले साँचो बोल्दैछ हामी आम मतदातालाई छुट्टयाउने हम्मे हुन्छ ।उम्मेद्वारहरुको बोली र शैली साँच्चैको हेर्न र सुन्न लायक हुन्छ । घोषणा पत्रले दुरदराजका गाउँदेखि शहर सम्म सबै हसाएको देखिन्छ , विकास निमार्ण र जनताको जिवनस्तर उठाउन कुनै विषय र शीर्षक छुटेको हुदैन तर चुनावपछि विस्तारै जनप्रतिनिधि र मतदाताको सम्बन्ध नजानिदो पारामा दुर बन्दै जाने तितो सत्य हामीले नै भोगेका छौँ ।दलहरुले आफुलाई अब्बल बनाउन अरुलाई आरोप लगाउने चलन पनि नयाँ र नौलो होइन, सबैले आफैलाई जनप्रिय बनाउने यत्न गर्छन् ।नेताहरुले आएर भाषण गर्छन्, आश्वासन र सपनाको बजार लगाउँछन् हामी मख्ख पर्छौँ । अहिले सम्म मोटामोटी यस्तै हुदै आएको छ, जनविश्वासका काम भन्दा पनि दलगत स्वार्थ र व्यक्तिगत लाभकै यात्रामा हाम्रा जनप्रतिनिधहरु कतै भुल्लिएका त छैनन् जस्तो यो हाम्रो बुझाई हो । मंसीर ४ को निर्वाचन आफैमा महत्वको छ यसकारण कि यो केन्द्र र प्रदेश नीति निमार्णदेखि विकासका योजना र सुशासनसँग पनि जोडिएको छ । मंसीर ४ को निर्वाचनमा हामीले हाम्रो भन्दा पनि असल अनि जनभरोसाको उम्मेद्वार छान्ने र चुन्ने विषयमा हामी आफैले निणर्य गर्ने हो । कस्तो उम्मेद्वार चुनेर पठाए उसले भोलीका दिनमा देश र जनताको हित र पक्षमा ईमानका साथ काम गर्छ, कस्तो र कुन उम्मेद्वार भोलीका दिनमा पनि आम मतदाता र जनतासँगको सम्बन्धलाई बोलीमा होइन व्यवहारमा निरन्तरता दिन्छ निणर्य गर्ने अधिकार हामी मतदातासँग छ यसर्थ निर्वाचन आउन केही समय भए पनि उम्मेद्वार चुन्ने समयमा यसपटक हामी आफैले यो हाम्रो उम्मेद्वार बन्न योग्य छ भनेर निणर्य लिन सक्यौँ भने भोलीका दिनमा पछुताउनु पर्दैन ।



