
सम्पादकीय
झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिध र कर्मचारीबीचको आन्तरिक टकराव अहिले संचारमाध्याम र सामाजिक सञ्जालमार्फत विस्तारै सार्वजनिक हुदै आएको छ ।पछिल्लो समयमा स्वयम् कर्मचारी र जनप्रतिनिधिहरुले नै यो विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनकि गर्न थालेकाछन् । झापाको मेचीनगर नगरपालिकामा मात्रै किन यस्तो हुन्छ ? के छ त्यस्तो समस्या जो समाधान हुन यति सकस मान्छ ? अहिले आम नागरिकले प्रश्न गर्न थालेकाछन् । आज मात्रै औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ भने अन्य राजनीतिक पार्टीका प्रतिनिधिहरुले पनि आफ्नो धारणा संचारमाध्याममार्फत व्यक्त गर्न थालेकाछन् । सार्वजनिक भए अनुसार मुख्य गरेर प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौँलागाईँ र जनप्रतिनिधि( कार्यपालिका)बीच समयस्या देखिएको विषय बाहिर आएको छ ।केही जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतलाई मेचीनगर नगरपालिकाबाट जान भनेको कुरा आएको छ । कर्मचारी र जनप्रतिनिधिबीचको यो आन्तरिक टकरावको मारमा आम सेवाग्राही परेकाछन्भने विकास निमार्ण लगायतका काममा समेत बाधा परेको छ । कर्मचारी र जनप्रतिनिधिबीचको समस्या केहो ? किन मेचीनगर नगरपालिकामा मात्रै यस्तो समस्या जन्मन्छ ? आज आम चासोको विषय बनेको छ ।र, टकरावको कारण सार्वजनिक रुपमानै आउनु पर्छ र यसको तत्काल समाधान हुनु पर्छ भन्ने माग मेचीनगरका नागरिकको छ । जनप्रतिनिधि र कर्मचारीबीचको टकरावले आम नागरिकमा परेको प्रत्यक्ष —अप्रत्यक्ष असर र यसप्रकारका विषयले न कर्मचारीको हित गर्छ न जनप्रतिनिधि र सिङ्गो मेचीनगरकै यसर्थ तत्काल यो समस्याको समाधानको खोजी गरि सहजतापूर्वक नागरिकले सेवा लिन वातावरण बनाउन सम्बन्धित पक्षले नै चासो राखोस हाम्रो पनि अनुरोध छ ।



