कला

किन गरिनन् शिल्पाले १३ वर्षसम्म फिल्म ?

एजेन्सी, मुम्बई,

१३ वर्षपछि बलिउड अभिनेत्री शिल्पा शेट्‌टीले निर्देशक शब्बीर खानको फिल्म ‘निकम्मा’ बाट कमब्याक गर्दैछिन् । उनले एक दशक फिल्मबाट टाढा रहनु आफ्नो निर्णय रहेको बताएकी छन् । उनी पछिल्लो पटक सन् २००७ मा आएको फिल्म ‘लाइफ इन ए मेट्रो’ मा देखिएकी थिइन् । १५ वर्षको उमेरमा अभिनयमा डेब्यू गरेकी उनको पहिलो फिल्म ‘बाजीगर’ थियो ।

एक अन्तर्वार्तामा उनले भनिन्, ‘१३ वर्षसम्म फिल्ममा काम नगरे पनि म इन्डस्ट्रीकै हिस्सा थिएँ । लगातार काम गरिरहेको थिएँ । तपाईंलाई यसकोे कमी तब महशुस हुन्छ जब तपाईं लाइमलाइटबाट टाढा हुनुहुन्छ । के तपाईंलाई म प्रसिद्धिबाट टाढा भएको र मानिसले भुलेको महशुस हुन्छ ? मलाई त लाग्दैन । म लगातार टिभीमा आइरहेको छु ।’

फिल्मबाट ब्रेक लिनु आफ्नै फैसला रहेको उनी बताउँछिन् । सोसल मिडियामा निकै एक्टिभ रहने शिल्पा इन्स्टाग्रामले आफूलाई कुल बनाएको बताउँछिन् । एक घटनाबारे उनी भन्छिन्, ‘मैले भर्खर ड्राइभिङ सिकेको बेला एक व्यक्ति कारको बनोटमा आएर बस्यो । त्यो घटनाबाट म निकै डराएको थिएँ । तबदेखि आजसम्म म फिल्मका अलावा ड्राइभ गर्न डराउँछु ।’

उनले अन्तर्वार्तामा श्रीमान् राजले आफूलाई प्रपोज गरेको क्षण पनि सम्झिइन् । शिल्पाले भनिन्, ‘हरेक युवतीको जस्तै मेरो पनि सपना थियो कि कोही मलाई एफिल टावरको अगाडि प्रपोज गरोस् । राजले एक पाँचतारे होटल बक गरेर डायमण्ड रिङ लगाएर मलाई प्रपोज गरेको थियो । यो रिङ डेजर्टको भित्र थियो । राजले मेरो परिवारसँग पहिला नै कुरा गरेको थियो ।’flimykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button