सृजनाको चौतारी

कमरेडहरुको जिकिर

उसले भन्यो म सत्य हुँ
उसले भन्यो होइन म पो सत्य हुँ
उ भन्छ म ठिक हुँ
उ भन्छ म पो ठिक हुँ
हामी रनभुल्ल जस्ता भयौँ
तर, सत्य त यो हो
दुवै बेठिक हुन्
कमरेडहरुको किचलो र जिकिर अनौठा नै छन्
उहाँ कमरेडले उहाँ कमरेडका रिसले भत्काई नै दिनु भयो
भत्काउन उहाँ कमरेडलाई सहज लाग्यो
किनकि उहाँलाई त्यसको मायाँ नै थिएन
तर, अहिले पनि जिकिर उहाँहरुको उस्तै छ
यसले गर्दा यस्तो भयो कमरेड भन्नु हुन्छ
मलाई भत्काउन बाध्य बनाईयो कमरेड भन्नु हुन्छ
किचलो उहाँ कमरेडहरुको थियो
तर, अपमान र मानमर्दन कमरेडले हाम्रो गर्नु भयो
तर , फेरि कमरेडहरुको जिकिर उस्तै छ
म विधि र पद्धतिको पक्षधर उहाँ भन्नु हुन्छ
म पो हुँ विधि र पद्धतिको असली पक्षधर उहाँ भन्नु हुन्छ
हामी अन्यौल जस्तै भयौँ
तर, सत्य त यो हो कमरेडहरु दुवै उस्तै हुन्
फरक यति हो
उहाँ कमरेडले गर्न मिल्दै नमिल्ने गर्नु भयो
उहाँ कमरेडले भन्न पाउनु भयो
उहाँ कमरेड र उहाँ कमरेडहरुको किचलो र कलहको रिस
उहाँ कमरेडले हामी माथि पोख्नु भयो
अर्थात जनताको जनमतको उहाँ कमरेडले खिल्ली नै उडाउनु भयो
त्यही भएर उहाँ कमरेड जिकिर गर्नु हुन्छ , उहाँ प्रतिगामी हो भनेर
अर्का कमरेडको जिकिर छ , यो सब उहाँहरुले गर्दा भयो
हामी जनता अहिले , कमरेडहरुको जिकिरमा अर्को जिकिर गरिरहेकाछौँ
तपाईँ कमरेडहरुलाई बनाउन पठाको कि भत्काउन हँ ?
हाम्रो जनमत र हाम्रा सपना माथि परेड खेल्न तपाई कमरेडलाई कसले अधिकार दियो ?
सपना तपाईँ कमरेडहरु नै देखाउने अनि तमासा पनि तपाईँ कमरेडहरु नै गर्ने
अब त हामी जनताले सोध्नै पर्छ
लोकतन्त्र तपाईँ कमरेड अनि तपाई कमरेडको कम्पनी हो ?
जसले जति बेला शेयर थप्न र घटाउन मिल्ने ?
गणतन्त्र तपाई कमरेड अनि तपाईँ कमरेडको अंश भाग हो ?
जसले जति बेला बिक्रि गर्न पाउने ?
जिकिर तपाई अनि तपाई कमरेडकै असत्य हुन्
सत्य त यो हो कि, अब जनता सामु तपाई र तपाई कमरेडले यसको जवाफ दिन सक्नु पर्छ
उत्तर हिजोको जस्तोले हुदैन
किनकी सबै भ्रम र भ्रान्ति जनताले बुझेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button